देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापामा ट्र्याक्टरले किचेर २ वर्षीया बालिकाको मृत्यु

देशान्तर

काठमाडौँ – झापा– कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छन्।

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नम्बरको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन्।

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।