देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसम्पादक राणालाई मातृशोक

देशान्तर


भक्तपुर-देशान्तर मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक कविर राणालाई मातृशोक परेको छ । भक्तपुर बालकोट निवासी राणाकी माता मीनकुमारी राणाको शनिबार बिहान निधन भएको थियो ।
उहाँको ८२ वर्षको उमेरमा मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राणाका पति, ३ छोरा र ३ छोरी रहेकोमा जेठा छोरा सुदर्शनविक्रम राणाको २०४२ सालमै निधन भएको थियो । प्रधानसम्पादक कविर माइला छोरा हुनुहुन्छ । राणाको निधनप्रति विभिन्न संघसंस्थाहरूले शोक वक्तव्य जारी गर्दै समवेदना व्यक्त गरेका छन् ।
देशान्तर साप्ताहिक परिवार प्रधानसम्पादक राणाप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँकी माताप्रति भावपूणर् श्रद्धाञ्जलि व्यक्त गर्दछ ।
उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।