देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शहिद दिवसको अवसरमा राष्ट्रपतिको सन्देश

देशान्तर

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

सहिद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने बताएकी छन् ।

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ मन, वचन र कर्मले समर्पित भएमात्रै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।