देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरकी डा. रिनाविरुद्ध उजुरीको चाङ

देशान्तर

काठमाडौंं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) की वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा. रिना श्रेष्ठविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ ।

अस्पतालकी नर्सिङ प्रशासक श्रेष्ठमाथि अनियमितता गरेको, सरकारी बिदा नलिई अध्ययन गरेको, कार्यालय समयमै निजी कलेजमा पढाउन जाने गरेको, वीर अस्पतालबाटै कार्यालय समयमा विभिन्न निजी नर्सिङ कलेजमा अनलाइन पढाउने गरेको, करार नर्सको म्याद थप सिफारिस गर्दा पैसा माग्ने गरेको आरोप लागेको छ । यसैगरी उनले प्रयोगात्मक अभ्यासका लागि वीरमा आउने निजी कलेजबाट समेत आर्थिक कारोबार गर्ने गरेको आरोप लगाउँदै प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म गरिएको उजुरीमा उल्लेख छ ।

वीर अस्पतालकै नर्सिङ कर्मचारी र अस्पताल सुधार पक्षधर कर्मचारीका नाममा श्रेष्ठविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र मा १९ बुँदे उजुरी हालिएको छ । उजुरीकर्ताले उनको शैक्षिक योग्यतादेखि सम्पत्तिसम्म छानबिन गर्नुपर्ने माग गरेका छन् ।