देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुणस्तरीय विकासका लागि ‘योजना सम्झौता अभियान’

देशान्तर

खोटाङ। गुणस्तरीय र छिटो विकास गर्नका लागि जिविस खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । 

आवको अन्त्यतिरमात्र योजनाको सम्झौता गर्ने प्रचलनले अधिकांश योजना अधुरै रहने तथा सम्पन्न भएका योजना पनि गुणस्तरहीन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्नका लागि जिविसले योजना सम्झौता अभियान थालेको हो । 

योजना सम्झौतामा गरिने ढिलाइ र निर्माणका काममा हुने अधुरोपनालाई नियन्त्रण गर्न पुस २० गतेसम्म एक महिने अभियान सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए ।। विगतका वर्षहरुमा ढिला सम्झौता गर्नाले जिल्लाबाट करोडौँ बजेट फिर्ता भयो, आगामी दिनमा त्यस्तो हुन नदिन अभियान थालिएको पाण्डेले बताए । 

]]>