देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वाग्मती किनाराका संरचना भत्काउन ‘अल्टिमेटम’

देशान्तर

काठमाडौं – अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी किनारा वरपरका अनधिकृत स्थायी तथा अस्थायी संरचनाहरू भत्काउन सूचना जारी गरेको छ ।

नदी किनारामा बनाइएका अनधिकृत अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र भत्काउन सार्वजनिक सूचना जारी गरिएको हो ।

समितिका प्रवक्ता कमल अर्यालले अनधिकृत अस्थायी र स्थायी संरचना हटाउन पटक–पटक सूचना जारी गर्दै आएको जानकारी दिए । ‘‘हामीले पटक–पटक संरचनाहरू भत्काउन सूचना जारी गर्दै आएका छौँ । यसअघिका सूचनाहरू बेवास्ता गरिएको छ । यसपटक समयमै संरचनाहरू नभत्काइए समिति आफैँले भत्काउनेछ,” प्रवक्ता अर्यालले भने ।

प्रवक्ता नेपालका अनुसार संरचना भत्काएको खर्च निर्माण गर्ने व्यक्ति एवं पक्षबाटै सरकारी बाँकीसरह असुलउपर समेत गरिनेछ ।