देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु

देशान्तर

काठमाडौं– खानेपानी मन्त्री उमाशंकर चौधरीले बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको काम शुरु भइसकेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री चौधरीले अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिना हाइड्रोसँग ठेक्का सम्झौता भइसकेको र निर्माण कम्पनी हाल निर्माणस्थलमा परिचालित भई काम शुरु गरिसकेको बताएका हुन् ।

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनर्स्थापना गरी काठमाडौं उपत्यकाबासीलाई यस वर्षभित्र मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो ।

बाढी पहिरोले आयोजनामा पुर्याएको क्षतिबारे स्थलगत अवलोकन, प्राविधिक तथा कानुनी राय परामर्श, निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियागत कारणले आयोजना पुननिर्माण गर्न केही विलम्ब हुन गएको भएतापनि आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकताको साथ कार्यान्वयन गरिने उनको प्रतिबद्धता थियो ।