देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नरायणहिटी दरबारको पूजाघरभित्र महायत्र लगाइने

देशान्तर


काठमाडौ-नारायणहिटी दरबारको पूजाघरभित्र महायज्ञ लगाउने तयारी गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेकै दिन माघ १९ गतेदेखि महायज्ञ लगाउन लागिएको हो ।

महायज्ञ सञ्चालका लागि गत पुस २ गते आयोजक नमस्ते परोपकारी अभियान र सती श्राप मोक्ष धामले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाए पछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेसहितको बैठकले महायक्ष सञ्चालन गर्न दिने निणर्य गरेको थियो । सोहीअनुसार महायज्ञका लागि ठाउँ उपलब्ध गराइएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले देशान्तरलाई जानकारी दिए ।

‘मन्त्रालयको पत्रअनुसार हामीले महायज्ञ सञ्चालनका लागि अनुमति दिएका छौँ । आयोजकले ठाउँ उपलब्ध गराउन भन्दै हामीलाई पनि पत्र पठाएको थियो,’ प्रवक्ता गुरुङले भने । उनका अनुसार अमनचयन, सुव्यवस्था र देशलाई विभिन्न संकटबाट मुक्ति दिलाउन महायज्ञ आयोजना गर्न लागिएको बताइएको छ ।

महायज्ञका लागि सम्पूणर् तयारी पूरा भइसकेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार देशलाई सतीले सरापेको भनिएकाले उक्त श्रापबाट मुक्ति दिलाउन पनि ‘सती श्राप मुक्ति शिवशक्ति श्री महायज्ञ’ गर्न थालिएको हो । त्यस्तै दरबार हत्याकाण्डपछि दरबारमा पूजाआजा नभएकाले पनि महायज्ञ गर्न थालिएको जनाइएको छ ।