देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बञ्चरो प्रहार गरी बुवाको हत्या

देशान्तर

कञ्चनपुर – लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले बञ्चरो गरी बुवाको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार रामविलासले आइतवार राति १० बजे करिब ४२ वर्षीय गन्नु राना हत्या गरेका हुन्। रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताए।

‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा रामविलासले बुुवा गन्नुको हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘थप अनुसन्धानको कार्य भैरहेको छ। म्याद थप गर्नका लागि आज रामविलासलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराउँदै छौं।’

मृतकको शव परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ।