देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुधार गृहमा किशोरको मृत्यु‚ हत्या गरीएको परिवारको दाबी

देशान्तर

काभ्रे – पनौती नगरपालिका–८ मल्पीमा रहेको सुधार गृहमा एक किशोरको मृत्यु भएको छ। होम पुनःस्थापना केन्द्र नामक सुधार गृहमा राखिएका मण्डनदेउपुर नगरपालिका–१० का १७ वर्षीय सुहोन श्रेष्ठको सोमबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सुहोन बिरामी परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताएको छ। तर‚ मृतकका आफन्तले भने कुटपिटका कारण मृत्यु भएको दाबी गरेको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ।