देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

देशान्तर

काठमाडौँ – काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल छन् ।