देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई झोला सहयोग

देशान्तर

डोटी  – एसएस फाउन्डेशनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ ।

डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गर्नुभएको हो ।

एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेशनले जनाएको छ ।