देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगको प्रतिवेदन शितल निवासमा

देशान्तर

काठमाडौं-निर्वाचन आयोगको वार्षिक प्रतिवेशन राष्ट्रपति कार्यालयमा पुगेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर सागर आचार्यले जानकारी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आ।व। २०७७र७८ को वार्षिक प्रतिवेदनका साथै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।