देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

देशान्तर

काठमाडौं-नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाह नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए । नेपाल टेलिभिजनको अध्यक्ष बन्नका लागि शाहले पार्टीमा लबिङ गर्दै आएका थिए ।