देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१३ केजी चाँदीसहित एक युवक पक्राउ

देशान्तर

काठमाडौं– प्रहरीले दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करीब १३ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह रहेका छन् ।
बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा साहलाई उक्त सामानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।