देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२३ लाख ४० हजार डोज मोर्डना खोप आइपुग्यो

देशान्तर

काठमाडौं – कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।

सोमबार बेलुकी र आज ९मंगलबार० बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने खोप व्यवस्थापन महाशाखाले जनाएको छ।

सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। भने २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको हो। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरू पनि ल्याउँदैछ।

कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिइन्। ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन ८४ लाख मात्रा फाइजर खोप खरिद गर्ने सरकारको तयारी छ।