देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरले २३१ कर्मचारी माग्यो

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २ सय ३१ जना कर्मचारी मागेको छ।

महानगरले आज एक सूचना प्रकाशित गर्दै करारमा २१ जना सुपरीवेक्षक र २१० जना गणक मागेको हो। १८ वर्ष पुगेर ४० वर्ष ननाघेका इच्छुक व्यक्तिलाई सात दिनभित्र दरखास्त दिन भनिएको छ।

आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली ९लिंक० मार्फत दिन सकिने छ। भौतिक आवेदनहरू भने मान्य नहुने जनाइएको छ। आवेदन फाराम भर्दा कुनै शुल्क लाग्ने छैन। प्रणाली मार्फत प्राप्त भएका आवेदनहरू स्वीकृत पश्चात् व्यक्तिको इमेलमार्फत सीप परीक्षणका लागि जानकारी गराइने सूचनामा उल्लेख छ ।