
काठमाडौं-मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए) ले एमसीसीसँग सम्बन्धित दस्तावेज गोप्य नरहेको जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए नेपालले एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको दाबी गरेको हो । ‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूणर् दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।






प्रतिक्रिया