
काठमाडौं-दुई महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीलाई हातपात गरेका एनटिबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पदीय मर्यादाविपरित करिब एक दर्जन गल्ती गरेको बोर्डको कार्यसमित बैठकले औंल्याएको छ ।
आज बोर्डमा बसेको कार्य समिति बैठकले गल्तीहरुको ६ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
समितिले सूची स्पटीकरण सोध्ने र स्पष्टिकरणका आधारमा कारवाही अगाडि बढाउने योजना रहेको बोर्डले जनाएको छ ।
रेग्मीमाथि छानविन गर्नका लागि बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनाइएको उपसमितिले बुँदागत रुपमा निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार रेग्मी आर्थिक अनियमितताका साथै कर्मचारीप्रति अनुचित व्यवहार, सुन चोरी पैठारीलगायतमा संलग्न रहेको फेला परेको छ ।
रेग्मीले बोर्डको बैठक एवं छलफलको खर्च भन्दै कार्यक्रम, सहभागिको विवरणै नराखी खर्चको बिलवापत १५ लाख रुपैयाँ तोकादेशकै भरमा कार्यालयबाट भुक्तानी गरेको पनि भेटिएको छ । बोर्डको लेखा शाखामा पेस भएको बिल नं. ३६१, ७८, ६७९, ५८५, ८० लगायतको अध्ययनबाट रेग्मीबाट सरकारी कोषमा अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्री पे्रम आलेले आफ्नो मान्छे बोर्डमा ल्याउनका लागि पनि सड्यन्त्र गरेको महानिर्देशक स्रोतले दावी गरेको छ ।





प्रतिक्रिया