काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनैपनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको प्रष्टाएको छ ।
एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा सम्झौता सम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थलाग्ने समाचार संपे्रषण गरिएको भन्दै यसको खण्डन गरेको हो ।
एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेजहरु आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीकालागि सार्वजनिक गर्दै आएको भन्दै एमसीए नेपालले यस्ता समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।





प्रतिक्रिया