देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैलेख सदरमुकाममा २४ वर्षपछि हिमपात

देशान्तर

दैलेख –  दैलेख सदरमुकममा २४ वर्षपछि हिमपात भएको छ। यसअघि २०५४ माघ २४ गते हिमपात भएको भए पनि त्यस यता हिउँ नपरेको स्थानीय बत्ताउँछन्।

स्थानीय नमराज सुवेदीले २०५४ माघ २४ गते दैलेख सदरमुकामै दुई दिनसम्म भीषण हिमपात भएको बताए। दैलेखका हिमाली भेगमा बाक्लो हिमपात भएको छ।

गुराँस गाउँपालिकाकाको गुराँसे क्षेत्र, महाबु गाउँपालिकाको महाबु लगायत स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।