देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २ हजार ५२६ जनामा संक्रमण,१६ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ८ हजार ४२५ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।