देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्याङ्जामा साढे ७ किलो गाँजासहित युवा पक्राउ

देशान्तर

कास्की — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ वर्षीय पवन जिसी गाँजासहित पक्राउ परेका छन् । ७ किलो ५ सय ग्राम गाँजासहित उनलाई प्रहरीले बिहीबार आफ्नै गाउँबाट पक्राउ गरेको हो ।

अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटास्थित सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिसीले आफ्नै घरमा ४ वटा बोरामा लुकाइछिपाई राखेको सुकेको गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार जिसीलाई बिहीबार जिल्ला अदातलबाट लागूऔषध गाँजासम्बन्धी कसुर मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ ।