देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाकाबन्दीविरुद्ध चक्रपथमा विद्यार्थीको मानव साङ्लो

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दी र तराईको आन्दोलनले पढ्न पाउने अधिकार खोसेको भन्दै लाखौं विद्यार्थीले चक्रपथ घेरेको छन्। विद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर चक्रपथमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिरहेका छन्।

ुबाँच्न र पढ्न देऊु भन्ने मुख्य नाराका साथ आज बिहान ११ बजेदेखि कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भुमा मानव साङ्लो तयार भएको छ। मानव साङ्लोमा विद्यार्थीहरु राष्ट्रिय झण्डा बोकेर नाकाबन्दी र बालअधिकार लेखिएको प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका छन्। 

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरिने जानकारी दिए। करिब ५ लाख विद्यार्थीले सो मानव साङ्लोमा सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छन्।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था पनि  आबद्ध भएका छन् ।

]]>