देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज चक्रपथमा मानवसाङ्लो प्रदर्शन

देशान्तर

काठमाडौं । निजी शैक्षिक स‍ंस्थाहरुको साझा संगठन अपिनले आज भारतीय नाकाबन्दीविरुद्ध शुक्रबार बिहान ११ बजेदेखि रिङरोडमा मानव साङ्लो बनाई गर्न लागेको प्रदर्शन विवादमा परेको छ। निजी शैक्षिक संस्थाहरुले विद्यार्थीलाई प्रदर्शनमा सहभागी बनाउन लागेपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले विज्ञप्ति नै निकाली बालबालिकालाई सहभागी नगराउन आग्रह गरेका छन्।

बालबालिका बिना वयस्कको सहभागिताबाटै कार्यक्रम गर्न पनि ती सरकारी निकायले सजग गराएको छ। नेपाल बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को पक्ष राष्ट्र भएको हैसियतमा समेत बालअधिकारको सम्मान र संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको अवस्थालाई ध्यानमा राख्न विज्ञप्तिमा अनुरोध गरिएको छ। सन्धि अनुसार १४ वर्षमुनिका कुनै पनि बालबालिकालाई विरोध प्रदर्शन, जुलुस र नाराबाजी गराउन पाइन्न।  

विज्ञप्तिमा बालबालिकाले आफूलाई परेका मर्काबारे आफ्ना विचार र भावना व्यक्त गर्न पाउनुपर्ने तर बालबालिकाको सुरक्षा, संरक्षण विकासलगायतमा असर नपर्ने गरी बालसुलभ वातावरण हुनु आवश्यक रहेको उल्लेख छ ।  विज्ञप्तिमा बालबालिकालाई कुनै प्रकारको जोखिम नहुने गरी र बालमैत्री ढङ्गले सिर्जनात्मक रुपमा बालबालिकाद्वारा अभिव्यक्त भावनालाई सम्बन्धित पक्ष, निकाय समक्ष पुर्‍याउन वयस्कहरुले सहजीकरण गर्नु बालअधिकारप्रतिको सम्मान हो भनिएको छ ।

 आयोजकमध्येका प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले आफूहरुले कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई स्वतःस्फूर्तरुपमा आउन भनेको भन्दै कार्यक्रमको बचाउ गरेका छन्। 

]]>