
काठमाडौं-काठमाडौंका भाँडा व्यापारीको हत्या आरोपमा नवलपरासीपश्चिमबाट ६ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका- २७ असनमा भाँडा तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय विजय चौधरीलाई माघ १० गते रामग्राम नगरपालिकास्थित जोकवारमा हत्या गरी फालिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा रामग्राम नगरपालिका- ५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र निजकी ३५ वर्षीय श्रीमती हदिसुन नेसाको प्रमुख संलग्ना रहेको नवलपरासीपश्चिम प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रेमबहादुर शाहीले बताए । पक्राउ पर्ने अन्यमा रामग्राम नगरपालिका-२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौंका तलत अलि खान र जीतबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई गत मंगलबार प्रहरीले भारतीय सीमावर्ती महेशपुर नाकाबाट पक्राउ गरेको हो ।
देवानदम्पतीले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको शाहीले बताए । घरजग्गा किनाइदिने भन्दै तलत अलीले देवानको सम्पर्कमा व्यापारी चौधरीलाई पुर्याएका थिए ।





प्रतिक्रिया