देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसइईको कोर्स समयमै सकाउन शिक्षामन्त्रीको निर्देशन

देशान्तर

काठमाडौँ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गरेका छन्। मन्त्री पौडेलले एक सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न यस्तो आग्रह गरेका हुन्।

‘समयमै पठनपाठन पूरा गर्न र सक्रियपूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक,अभिभावक र विधार्थीहरूलाई विशेष अनुरोध गर्दछु,’सूचनामा भनिएको छ।

नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने सरकारको योजना छ। तर,कोभिडका कारण यो समयसम्म पाठ्यक्रमको कोर्स नसकिने शिक्षकहरूले बताउँदै आएका छन्।