देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

देशान्तर

काठमाडौं – ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरनजिक रहेको एक मन्दिरमा आज बिहान मूर्ति फेला परेको जानकारी दिए।

उक्त स्थानमा अहिले प्रहरी टोली पुगिसकेको प्रजिअ उपाध्ययले बताए। लामो समयको अनुसन्धानपछि मूर्ति भेट्टाउन सफल भएको उनले बताए।

मूर्ति माघ ९ गते राति चोरी भएको थियो। उक्त मूर्ति लिच्छविकालीन भएको बताइएको छ।