देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि कोरियन भाषा परीक्षाको आवेदन

देशान्तर

काठमाडौं । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम बुधवारदेखि खुला गर्ने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ। कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाईन आवेदन फारम खुला हुनेछ। यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ।

शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस भनी आठ जना भन्दा बढी इन्जिनियर २४ सै घण्टा सम्पर्कमा राख्ने भएको छ।अनलाइन फाराम भर्न पहिला २४ अमेरिकी डलर ग्लोबल आईएमई बैंकमा जम्मा गरेको भौचर पेश गर्नुपर्नेछ। योसँगै पासपोर्ट नम्बर अनिवार्य हुनेछ।

बैंक भौचर र पासपोर्ट नम्बर राखेपछि मात्र अनलाइन फारामको लागि पेज खुल्नेछ। कोरियाले सन् २०१८को लागि कृषि क्षेत्रमा काम गराउन ६ हजार र उत्पादनमूलक क्षेत्रमा काम गराउन ४ हजार नेपाली कामदार लैजाने सहमति गरिसकेको छ। सन् २००७ मा कोरियासित श्रम सम्झौता भएपछि अहिलेसम्म ४३ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन्।