काठमाडौं – पछिल्लो २४ घण्टामा ५२१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३ हजार ९३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ। देशभर हाल २२ हजार ५८४ जना संक्रिय संक्रमित छन्। १८१ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया