देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कायममुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए पूर्ण बैठक

देशान्तर

काठमाण्डौ । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् ।

बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।

आइतबार महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।