
नेपाल निजामति कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि आगामी २१–२३ महाधिवेशन हुने भएको छ ।
कोरोना महामारीका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
त्यतिबेलै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना महामारीका कारण प्रशासनको लगाएको रोकका कारण स्थगित गरेको थियो ।
अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको हो ।
युनियनको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए ।
युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ ।





प्रतिक्रिया