देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेलायतबाट १३ लाख डोज अस्ट्राजेनिका खोप आइपुग्यो

देशान्तर

काठमाडौं – बेलायतबाट १३ लाख १२ हजार ८० डोज कोरोनाविरुद्धको अस्ट्राजेनिका खोप आएको छ।

बेलायत सरकारले कोभ्याक्स सुविधा मार्फत नेपाललाई सो खोप दिएको हो। कतार एयरलाइन्सबाट खोप आज बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाले जनाएको छ।

हाल सो खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारण कक्षमा राखिएको र छिट्टै प्रदेशहरूमा पठाइने शाखाले जनाएको छ।

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज काठमाडौं आइपुगेको हो।