देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई सीआईबी आग्रह

देशान्तर

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक(पटक सचेत गराएको स्मरण गराउँदै ब्युरोले यस्तो गैर कानुनी कार्यमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

‘हाइपरफन्ड , डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन आग्रह गर्छौं, गैरकानुनी क्रियाकलापमा संलग्न भए गरेको पाइए कडाइका साथ कानुनी प्रक्रिया अघि बढाइने छ,’ केन्द्रीय अनुसन्धान ब्युरोले सर्वसाधरणलाई भनेको छ ।