देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सशस्त्र प्रहरी प्रवक्तामा तिउसिना

देशान्तर

 

काठमाडौं-सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा कायम मुकामय सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाले पाएका छन् ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएकाले तिउसीनालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीका साथ तिउसिनालाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।