देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रेसका बरिष्ठ सम्वाददाता भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

देशान्तर

काठमाडौं – नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुलले ‘युवा पत्रकारिता पुरस्कार’ प्राप्त गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्राप्त गरेका हुन् ।

पुरस्कार प्राप्त गर्नका लागि दिएका आवेदनमध्येबाट भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएकाले पुरस्कार प्रदान गर्नका लागि छनौट गरिएको हो ।

युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुलसहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८÷७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

पुरस्कार प्राप्त गर्नेमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका  छन् । पुरस्कृत चारै जनालाई  पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । पुरस्कारको राशी ५० हजार रहेको छ ।