देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २६२ जनामा कोरोना, ४ जनाको मृत्‍यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधीमा चार जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ।