देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनाव सार्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

देशान्तर

काठमाडौँ-सर्वोच्च अदालतले आगामी वैशाख ३० गतेका लागि घोषणा स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले चुनाव रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो ।

सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले रिट दर्ता गरेका थिए । यसअघि साहको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

दरपीठविरुद्ध उनले फेरि निवेदन दिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यो विषयमा अदालतको व्याख्या जरूरी रहेको भन्दै दर्ता गर्न आदेश दिएको थियो ।

दर्तापछि आज पहिलोपटक सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले जनाएको छ ।