देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

देशान्तर

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को नवौं बैठक आज बुधबार काठमाडौंमा बस्दैछ ।

निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् ।

समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन ।

बैठकको पहिलो दिन आज नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्नेछ, यो । बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् ।

नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।