देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युक्रेनमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको आग्रह

देशान्तर

काठमाण्डौ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएपछि उनीहरु थप समस्यामा परेका हुन् ।

हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएको छ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ ।

युक्रेन सरकार र सम्बन्धित कलेज÷विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।