देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

देशान्तर

काठमाडौँ – सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निस्शुल्क गर्ने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि निस्शुल्क पीसीआर परीक्षण हुने मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय तिर्नुपर्ने हुन्थ्यो ।