
दाङ-दाङमा प्रहरीले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित रोल्पाका तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका-३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ ।
उनका अनुसार बजारमा रेडपान्डाको छालाको मूल्य नभए पनि अवैध रूपमा यसको कारोबार हुने गरेको छ । पक्राउ परेका तीनजनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाउने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया