देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताए ।

विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताए ।

उनले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरे । नेपालको संसदबाट एमसीसी पारित भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।