देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुग्लिन– नारायणगढ सडक खण्डको घुमाउनेमा सुख्खा पहिरो, १ को मृत्यु २ घाइते

देशान्तर

चितवन । मुग्लिन– नारायणगढ सडक खण्डको घुमाउनेमा सोमबार बिहान सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। पहिरोले सवारी साधन पुरिदा दुई जना घाइते भएका छन्। घटनास्थलमा रहेका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार एक जना मोटरसाइकल चालकको शव भेटिएको छ। घाइते दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। बिहान पौने ११ बजे खसेको सुख्खा पहिरोले करिब २ सय मिटर सडक पुरेको भट्टले जानकारी दिए।

उनका अनुसार अहिले पनि उद्दार कार्य जारी छ र अझै केही बाइक पुरिएको अनुमान गरिएको छ । यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सुख्खा पहिरोमा परेकाहरुको उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । घटनाको जानकारी पाए लगत्तै निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् ।

उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । घाइतेको उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।