काठमाडौँ – नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् ।
बिहीबार देखि काठमाडौंको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् । नोबेल कलेजबाट पिडित १० विद्यार्थीहरुले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअन्सन भोक हड्ताल तथा धर्ना सुरु गर्नु भएको छ । उनले विगत ८० दिन देखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताए । नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्साशिक्षा आयोजले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एम.बि.बि.एस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताउनु भयो । उहाँले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । धेरै विद्यार्थीले आत्मासर्मपन गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअनसनमा सुरु गरिएको जानकारी दिए ।
उनले भने राज्यको नियमहरु विपरित हो त्यही भएर नोवल प्रशासनले तोकेको भन्दा बढी शुल्क लिन पाउँदैन भनेर आन्दोलन गरौं । त्यसको लागि जिल्ला प्रशासन नियामक निकाय धायौं । कहाँबाट पनि केही निकास नपाएपछि काठमाडौं आयौं । काठमाडौं आएर धेरै ठाउँमा धाएपछि कक्षामा गएको तेस्रो दिन देखि कलेज प्रशासनबाट निस्काशन गरियो । तपाईहरुलाई हामीले पढाउन सक्दैनौं अतिरिक्त शुल्क जे जति छ त्यो सबै बुझाउनुस् अनि मात्रै बढाउछौं भनेर कलेजले विद्यार्थीहरुलाई निकालेको थियो । त्यसको विरुद्धमा हामी आन्दोलनमा आयौं । नोवलका ८० विद्यार्थी थियौं । धेरै साथीहरु आत्मासर्मपन गरेर धेरै साथीहरु पढ्न थाल्नु भयो । तर आज ८० औं दिनमा हामी १० जना विद्यार्थीहरु बाँकी छौं । नोवल प्रशासनलाई कुनै पनि कानून नलाग्ने रहेछ । जिल्ला प्रशासन कार्यालय,गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग कसैले भनेको नमान्ने रहेछ । राज्य बनाएका् नियम कार्यान्वयन गर्न नसक्ने रहेछ । त्यही भएर हामी नोवल शिक्षण अस्पतालमा पढ्न जाने वातावरण रहेन। त्यसैले हाम्रो भविष्यको सुनिश्चिता र शैक्षिक सुरक्षाको लागि कुनै पनि अतिरिक्त शुल्क नलिने ठाउँमा पढ्नको लागि स्थानन्तरण गरिदियोस भन्ने चाहाना हो । देशमा मन्त्री तथा प्रधानमन्त्रीलाई समेत यो कुरा भनि सकेका छौं । विराटनगरमा २ महिना सडक आन्दोलन गरौं । राज्यका कुनै पनि निकायबाट न्याया नपाएकाले राज्यले नै बाध्य बनाएर रिले अन्सनमा बसेका छौं । माग भनेको सरकारले बनाएको कानून नै कार्यान्वयन गर्न नसक्ने ठाउँमा हामी विद्यार्थीहरुलाई पठाउनु भएन । सुरक्षित शिक्षण अस्पतालमा स्थानन्तरण गरिदियोस भन्ने मात्रै हो ।’
त्यस्तै, पौडेलले राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एम.बि.बि.एस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको बताए । उनले राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अन्सन सुरु गरिएको बताए । एम.बि.बि.एस पढ्न आएका विद्यार्थी राज्यको कानून कार्यान्वय गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गरे ।
उहाँले भन्नुभयो,‘ हामी पनि सिथिल भइसकेका छौं । कलेज छुटेको छुटै छ । घरबाट तथा साथीभाईहरुको त्यस्तै प्रेसर आउँछ । कजेल प्रशासनले परिक्षा गरिदिएको छ ।पढ्नको लागि पहिलो किस्ता १५ लाख विश्वविद्यालयमा बुझाइ सकिएको छ तर पढ्न पाएको छैन । हाम्रो अन्तिम उपाय अनसन नै रहेछ । सडकमा नै आउनुपर्ने रहेछ । नियमक निकायबाट केही पार नलागे पछि बाध्य भएर आएका छौं । पढ्न आएको विद्यार्थी यसरी सडकमा आएर बस्नुपर्दा डिप्रेशनमा आएका छौं । ८० दिन भइसक्यो । अब सुसाइट गर्ने ठाउँसम्म पुग्नुपर्ने बाध्यता आइरहेको छ । नेपाली विद्यार्थी किन विदेश जान्छन भनेको कुरा आज प्रष्ट थाहा आइदैछ । जसको पावर पैसा छ । उसकै चल्दो रहेछ । कानून भनेको सोझा जनता लाग्ने रहेछ ।आन्दोलन गर्दा सिथिल भएकाले कहिलेसम्म यसरी बस्ने भन्ने भएको छ । आत्मसर्मपन गर्नु परे दोषी राज्य नै हुन्छ ।’
रिले अनसनमा विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५÷१६ ब्याजका विद्यार्थी इन्र्टनशिपको व्यवस्थापन छिाटो गर,हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना , डे ८० स्थानन्तरण गरियोस् भन्ने प्लेकार्ड राखेर अनसनमा बसेका छन् ।





प्रतिक्रिया