काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावन मार्गको परीक्षणका लागि शुक्रबार पनि क्यालिब्रेसन फ्लाइट हुने भएको छ ।
त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुने जनाइएको छ । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।
यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरेरनगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो ।





प्रतिक्रिया