
नेपाल निजामति कर्मचारी युनियनको आठौँ महाधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरेलले आज एक कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले संस्थालाई बीच बाटोमा छोड्नु भएन भनेर मेची महाकालीका साथीहरु र पूर्व अध्यक्षहरुको आग्रहका कारण आफुले युनियनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताए । उनले भने–‘भरपर्दो र विश्वासिलो नेतृत्व आउन सकेन भने मेची महाकालीका साथीहरु पूर्व अध्यक्षहरु सवैले युनियनका फेरि एक पटक उम्मेदवारी दिन आग्रह गरेकाले उम्मेदवारी दिन लागेको हुँ ।’ पोखरलले आफुले संस्थालाई जोगाउनका लागि रहरले नभई बाध्यताबस उम्मेदवारी दिएको बताए । उनले भने– ‘मैले युनियनमा लाग्दा कहिल्यै अध्यक्ष बन्ने कल्पना गरेको थिइन् । त्यसैले यो संस्थाप्रथि जहाँ रहदा पनि माया छ । सवै साथीहरु, अग्रजहरुको आग्रहमा म फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’
पोखरेलले आफुले चार वर्षे कार्यकालमा कुनै गुट र समुहको भेला नगरेको भन्दै चुनावमा बेलामा आफ्नो प्रोफाइल बनाउन आउनेहरुलाई तीन महिनाका लागि युनियन जिम्मा लगाउन हुँदैन भन्ने साथीहरुको आग्रलाई आफुले नर्कान नसकेको स्पष्ट पारे । कुनै गुट र समुह नभएका कर्मचारी युनियनमा केहि साथीहरुले आफु नेता बन्नका लागि गुट खडा गरेको पोखरेलको आरोप थियो ।
उनले संघीय निजामति सेवा ऐनलाई जारी गराउन र त्यो ऐन कर्मचारीको हकहितका मुद्दासहित जारी गराउनु आफ्नो एक मात्र उद्देश्य रहेको बताए । आठौँ महाधिवेशनबाट चुनिएर आएका पदाधिकारीले उदाहरणीय काम गर्नेमा पोखरेल विश्वास व्यक्त गरे । पोखरेलले आफ्नो अघिललो कार्यकालमा धेरै सुधारका काम भएको बताए ।
उनले भने–‘संघीय निजामति ऐनमा तल्ला कर्मचारीको हकहितका लागि आवाज बुलन्द गर्दै आएको छु । र, कुनै पनि अवस्थामा कर्मचारीको वृत्ति, विकासमा ऐनले अड्काउने काम गरे हामी जुनसुकै कदम चाल्नेछौँ ।
उच्च प्रशासकहरुको स्वार्थका कुराहरु ऐनमा नपर्दा र केही उच्च प्रशासकले आफूअनुकूल बनाउन खोज्दा यस्ले गति लिन नसकेको हो । यसकारण यो ऐन आम कर्मचारीको हितमा छँदै छैन, कर्मचारी त्यसविरुद्ध उभिइरहेका छन् । ऐनमा कर्मचारीको वृत्ति, विकासमै अंकुश लागेपछि त्यो अघि बढ्न सक्ने कुरै भएन । त्यसैले कर्मचारीविरुद्ध ऐन अघि बढाइए लडाइ हुने नै छ । र, अहिलेको कर्मचारीमा देखिएको चुनौती र समस्याहरु यहीँ हो ।’





प्रतिक्रिया