देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकामा सबै प्रतिबन्ध खुला

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकाको तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आज शनिबारदेखि हटाइएको छ ।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको हो ।

पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकोले आज शनिबारदेखि लागू हुने गरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न÷गराउन उक्त आदेशमा भनिएको छ ।

आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।