देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिए

देशान्तर

काठमाण्डौ । काठमाण्डौको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् ।

यही फागुन १६ मा विद्यालय जान भनी घरबाट निस्किएका उनीहरू काठमाण्डौको बौद्धमा रहेको एक मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेको बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धमा रहेको ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।