देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २ को मृत्यु

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या १०० भन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ ।

यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्